NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बिदामा बसेका ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयको स्पष्टीकरण

• पूर्वाधार विकास मन्त्रालयले ७ इन्जिनियरलाई कारबाहीको प्रक्रियामा लगेको छ। • अध्ययन र असाधारण बिदामा बसेर हाजिर नभएका इन्जिनियरसँग स्पष्टीकरण माग गरिएको छ। • १५ दिनभित्र चित्तबुझ्दो जवाफ नआए निजामती ऐनअनुसार कारबाही हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 July 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
इन्जिनियर कारबाही
Share:

पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा र असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका सात इन्जिनियरलाई कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयले इन्जिनियरहरूसँग स्पष्टीकरण माग गरेको छ। निजामती सेवा ऐन-२०४९ को दफा ५९ को खण्ड (ख) को उपदफा (१) बमोजिम कारबाही गर्नुपर्ने कुनै मनासिव कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ।

स्पष्टीकरण पेस नगरेमा निजामती सेवा ऐनबमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख छ। मन्त्रालयले इन्जिनियर पुजन न्यौपाने, सृष्टि भुसाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठसँग स्पष्टीकरण माग गरेको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार