नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भयो।
यसअघि गत शुक्रबार सुन तोलामा ४ हजार रुपैयाँ घटेर प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको ४ हजार रुपैयाँ र आइतबारको ४ हजार ५ सय रुपैयाँको गिरावटसँगै दुई दिनमा सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले सस्तिएको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय ३० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला ५ हजार ६० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदी प्रति तोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
