NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली साक्षी बसेका ईश्वरीप्रसाद गौतमविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचार मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियारले ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ५० लाख घुस प्रकरणमा साक्षी बसेका गौतमले बयान फेरेको आयोगको दाबी छ।
Arjun Basnet
Arjun Basnet
2 June 2026, 6:49 pm १ मिनेट पढाइ
आकार:
ईश्वरीप्रसाद गौतम मुद्दा
Share:

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चन्द्रबहादुर अधिकारीविरुद्ध ५० लाख घुस लिएको अभियोगमा विशेष अदालतमा सुनुवाइ भइरहेको मुद्दामा गौतम साक्षी बसेका थिए। उनीमाथि सोही मुद्दामा गलत बयान दिएको आयोगको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, गौतमविरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको हो। उनीविरुद्ध ५० लाख बिगोसमेत तोकिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार