महोत्तरीको थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए।
गौतमका बुवा आशुतोष यादव र आमा पुनमाया यादव हुन्। विद्यालय समय सकिएर छोरा घर नफर्केपछि परिवारले विद्यालयमा सोधपुछ गर्दा गौतम स्कुल नै नआएको जानकारी पाए।
सात दिनसम्म छोराको अत्तोपत्तो नभएपछि परिवारले अपहरण वा बेचबिखनको आशंकामा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
