मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नागढुंगा सुरुङका लागि जापानबाट थप ५.५ अर्ब ऋण

नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले थप ५.७ अर्ब जापानी येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ। यसअघि १६.६३६ अर्ब येन ऋण सहायता थियो। थप ऋणसँगै कुल रकम २२.३३६ अर्ब येन पुगेको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०४

नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले नेपाललाई थप ५.७ अर्ब जापानी येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मैदा तोरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि सन् २०१६ को डिसेम्बरमा जापानले १६.६३६ अर्ब येन ऋण सहायता उपलब्ध गराएको थियो। बढ्दो मूल्यवृद्धि, निर्माण सामग्री तथा सेवाको लागत र प्राविधिक कारणले आयोजनाको बजेट बढेपछि थप रकम आवश्यक परेको थियो।

बुधबारको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ।

सन् २०१९ मा सुरु भएको सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी छ। यस परियोजनाले युवा नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी सीप हस्तान्तरण गर्ने अवसर प्रदान गर्नेछ। यसले भविष्यमा नेपाली जनतालाई फाइदा पुग्ने काठमाण्डुस्थित जापानी दूतावासले जनाएको छ।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार