NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवलपरासीमा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले १४ लाख १६ हजार रुपैयाँ बराबरको अवैध खरबुजाको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरीले ११८ बोरामा ४७२० केजी बियाँ फेला पारेको छ। बरामद सामान थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
Kamala Devi
Kamala Devi
22 May 2026, 9:03 am १ मिनेट पढाइ
आकार:
Share:

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मटराबाट सशस्त्र प्रहरीले १४ लाख १६ हजार रुपैयाँ मूल्यको अवैध खरबुजाको बियाँ बरामद गरेको छ। बिहीबार बिहान एक खाली टहरामा ठूलो परिमाणमा सो बियाँ लुकाइराखेको अवस्थामा फेला परेको हो।

सशस्त्र प्रहरी बल नं. २६ गण मुख्यालय पश्चिम नवलपरासीका अनुसार बाबुराम पालको खाली टहरामा अवैध सामान लुकाइएको सूचना पाएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको नेतृत्वमा टोली खटिएको थियो।

गुठीप्रसौनीस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले टहरा खानतलासी गर्दा ११८ बोरामा ४ हजार ७२० केजी खरबुजाको बियाँ बरामद गरेको छ।

बरामद बियाँको अनुमानित बजार मूल्य १४ लाख १६ हजार रुपैयाँ छ। बरामद सामान आवश्यक कानुनी प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार