मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

स्वदेशमै उच्च शिक्षा: विद्यार्थी संख्यामा १०.९% वृद्धि, व्यवस्थापन संकायको वर्चस्व

आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९% बढेर ७ लाख ४५ हजार ७७० पुगेको छ। कुल विद्यार्थीमध्ये ५०.५% व्यवस्थापन संकायमा छन्। हाल देशभर २१ विश्वविद्यालय र ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छन्।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१७

आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा छ लाख ७२ हजार ४८९ विद्यार्थीले उच्च शिक्षा अध्ययन गरेकोमा यो संख्या बढेर सात लाख ४५ हजार ७७० पुगेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये ५०.५ प्रतिशत व्यवस्थापन संकायमा आबद्ध छन्। शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ८० प्रतिशत छ।

सबैभन्दा कम विद्यार्थी कृषि संकायमा अध्ययनरत छन्। यो संख्या कुल विद्यार्थीको शून्य दशमलव १५ प्रतिशत मात्र छ।

नेपालका केन्द्रीय तथा प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा सञ्चालित क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको तथ्यांकअनुसार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्त क्याम्पसमा २७.४ प्रतिशत विद्यार्थी अध्ययन गर्छन्। यसरी त्रिभुवन विश्वविद्यालयमा मात्र कुल ७५.३ प्रतिशत विद्यार्थीको आकर्षण छ।

अन्य विश्वविद्यालय र कार्यक्रमहरूमा २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। सरकारी लगानीका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालयले ६७.५ प्रतिशत हिस्सा ओगटेको छ। बाँकी ३२.५ प्रतिशत अन्य विश्वविद्यालय र कार्यक्रममा लगानी छ।

हाल मुलुकमा १५ केन्द्रीय र छ प्रादेशिक गरी कूल २१ विश्वविद्यालय सञ्चालनमा छन्। संघअन्तर्गत छ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि कार्यरत छन्। यो तथ्यांक २०८२ फागुनसम्मको हो।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार