NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अध्ययन बिदा दुरुपयोग: ४४ प्राध्यापकले ११ करोड फिर्ता गरे, कारबाहीको तयारी

त्रिभुवन विश्वविद्यालयका ४४ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेर लिएको ११ करोड रुपैयाँ फिर्ता गरेका छन्। त्रिविका ३९८ प्राध्यापकले बिदाको दुरुपयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको थियो। रकम फिर्ता नगर्नेलाई थप सूचना जारी गरी कारबाही गरिने त्रिविको तयारी छ।
Arjun Basnet
Arjun Basnet
4 June 2026, 4:18 pm १ मिनेट पढाइ
आकार:
अध्ययन बिदा दुरुपयोग
Share:

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर तोकिएको समयमा नफर्किने ४४ प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेका छन्। यो रकम त्रिविले उनीहरूलाई अध्ययनका लागि दिएको तलब र अन्य सुविधावापतको हो।

डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले त्रिविका ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा त्रिविले बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न सूचना जारी गरेको थियो।

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्ने उद्देश्यले तलबसहितको अध्ययन बिदा दिने गरेको छ। तर, केही प्राध्यापकले तलब पनि लिने र तोकिएको समयमा नफर्किने प्रवृत्ति बढेपछि त्रिवि यस विषयमा कडाइका साथ प्रस्तुत भएको हो।

रकम फिर्ता नगर्ने प्राध्यापकहरूलाई त्रिविले पुनः एकपटक सार्वजनिक सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेमा कडा कारबाही गर्ने तयारी गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार