NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुकुम्बासीको मृत्युपछि रक्षाको आक्रोश: सरकारको अकर्मण्यताले ज्यान गयो

जेनजी अभियन्ता रक्षा बमले कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासीको मृत्यु प्रकरणमा सरकारको अकर्मण्यता र लापरबाहीको कडा शब्दमा आलोचना गरेकी छन्। उनले राज्यको कमजोरीले नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताइन्। कीर्तिपुर होल्डिङ सेन्टरमा उपचाररत ३८ वर्षीय भेषराज दर्जीको बिहीबार मृत्यु भएको थियो।
Maya Thapa
Maya Thapa
4 June 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
रक्षा बम आक्रोश
Share:

कीर्तिपुर होल्डिङ सेन्टरमा उपचाररत ३८ वर्षीय भेषराज दर्जीको मृत्यु भएपछि जेनजी अभियन्ता रक्षा बमले सरकारको अकर्मण्यता र लापरबाहीले नागरिकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेकी छन्।

सामाजिक सञ्जालमा उनले सरकारको रबैयाका कारण कति जना सुकुम्बासीको मृत्यु भएपछि यसलाई सामान्य मान्नुपर्ने हो भन्दै प्रश्न गरिन्।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार नागरिकको अभिभावक हुनुपर्नेमा राज्यको कमजोरीले नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताइन्।

‘सरकार अभिभावक र प्रत्येक नागरिक परिवारका सदस्य हुन्। आफ्नो जिद्दी र हठका कारण कुनै परिवारको सदस्य गुम्नु आत्मग्लानिको विषय हो,’ उनले लेखेकी छन्।

प्रश्न उठाउने परम्परालाई विकास विरोधी ठान्ने र यस्ता घटनामा मौन बस्नेहरू नै गरिब नागरिकले ज्यान गुमाउने अवस्थाका कारक भएको उनको भनाइ छ।

भेषराज दर्जी गत १८ गतेदेखि वीर अस्पतालमा उपचाररत थिए। अस्पतालका अनुसार बिहीबार दिउँसो उनको मृत्यु भएको हो।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार