मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुस्ताका बासिन्दालाई नारायणीपारि सारियो: ८०० बढीको उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको बाढी पसेपछि ८०० भन्दा बढी नागरिकलाई उद्धार गरी नारायणीपारि बिपी माध्यमिक विद्यालयमा सारिएको छ। गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ७९ हजार १०० क्यूसेक पुगेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सुस्ता बाढी पीडित
Share:
११९

नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा पसेपछि ८०० भन्दा बढी नागरिकलाई उद्धार गरी नारायणीपारि बिपी माध्यमिक विद्यालयमा सारिएको छ। शुक्रबारदेखि बाढीले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्यमा खटिएका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु टोललगायतका क्षेत्रमा बाढी पसेको थियो। बाढीको तह बढेपछि स्थानीयलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो।

प्रजिअ नेपालका अनुसार सुस्तामा २१९ घरधुरीका करिब एक हजार ४५० नागरिक बसोबास गर्छन्। केही नागरिक यसअघि नै आफन्तको घरमा गएर बसेका थिए। बाँकीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो।

नारायणी नदीमा पानीको सतह बढेपछि झोलुङ्गे पुलमार्फत वारि आउन केही ढिलाइ भएको थियो। उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ।

गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका अनुसार गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानीको बहाव मापन गरिएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार