मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ

वीरेन्द्रनगरबाट करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अग्रवाललाई नियन्त्रणमा लिएको हो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
व्यापारी अग्रवाल पक्राउ
Share:
१८१

वीरेन्द्रनगरबाट करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार अग्रवालबाट नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्ती गर्ने मेसिन एक थान र १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ। बरामद गरिएका गहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो ४ बजेतिर अग्रवाललाई ‘शिब इम्पोरियम’ नामक पसलबाट पक्राउ गरिएको थियो। पक्राउ परेका अग्रवालमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार