NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा: द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने अवसर

बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता राज्यमन्त्री सीमा मल्होत्रा नेपाल आइपुगेकी छिन्। नेपालमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय बेलायती भ्रमण हो। बेलायती दूतावासले यो भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने अवसर भएको बताएको छ।
Bikram Magar
Bikram Magar
22 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता राज्यमन्त्री सीमा मल्होत्रा नेपाल आइपुगेकी छिन्। लेबर पार्टीकी नेतृ समेत रहेकी मल्होत्रा शुक्रबार नेपाल आइपुगेकी हुन्। नेपालमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय बेलायती भ्रमण हो।

काठमाण्डुस्थित बेलायती दूतावासले राज्यमन्त्री मल्होत्राको स्वागत गर्दै यो भ्रमण नेपाल–बेलायत सम्बन्ध थप बलियो बनाउने अवसर भएको बताएको छ। सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रको सांसद रहेकी मल्होत्रा बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति र इन्डो–प्यासिफिक क्षेत्रमा सक्रिय छिन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार