NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्वास्थ्य मन्त्रालयको २३ अर्ब बेरुजु: ४.५% फछ्र्योट, लक्ष्य ६०% पुर्‍याउने

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ छ। हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्योट भएको छ, जसले रकम २२ अर्ब ७० करोडमा झारेको छ। चालु आर्थिक वर्षमा बेरुजु ६० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।
Arjun Basnet
Arjun Basnet
25 May 2026, 7:01 pm १ मिनेट पढाइ
आकार:
Share:

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो जानकारी दिए।

सचिव देवकोटाका अनुसार हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्योट भएको छ। यसले बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झारेको छ। मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण तयारी गरिरहेको छ।

यो प्रक्रियापछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फछ्र्यौट हुने अपेक्षा छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रमा बेरुजु ६० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिएको छ। गत वर्षहरुमा यो लक्ष्य ५० प्रतिशतभन्दा कम थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार