NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेश सरकारले पूर्णता पायो: ५ मन्त्री नियुक्त

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलहरूसँगको सहमतिमा ५ नयाँ मन्त्री नियुक्त गरेपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको छ। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
NM Khabar
NM Khabar
26 May 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
Share:

मधेश प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच १५ बुँदे सहमतिपछि मंगलबार मन्त्रिमण्डल विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत वैशाख २२ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। कांग्रेसबाट रौतहटका नागेन्द्र प्रसाद साह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।

एमालेबाट महम्मद समीर भौतिक पूर्वाधार विकास मन्त्रालय, शारदादेवी थापा श्रम तथा यातायात मन्त्रालय, लखन दास युवा तथा समाज कल्याण मन्त्रालय र मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्। नेकपा मधेश प्रदेश संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार