NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अर्थमन्त्रीले राष्ट्रपति पौडेललाई बजेटबारे जानकारी गराए, भोलि संसदमा पेस

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। अर्थमन्त्रीले भोलि जेठ १५ गते अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। यसपटकको बजेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ।
NM Khabar
NM Khabar
28 May 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
अर्थमन्त्री बजेट राष्ट्रपति
Share:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले बजेटको राजश्व र व्ययको वार्षिक अनुमानबारे राष्ट्रपति पौडेललाई जानकारी गराए।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे।

अर्थमन्त्री डा. वाग्लेले शुक्रबार (जेठ १५ गते) अपरान्ह ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बजेट प्रस्तुत गर्ने कार्यक्रम सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा तय भएको छ।

यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो।

गत भदौमा गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत चालु आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ८८ अर्ब बनाएका थिए। चालु आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको थियो।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार