NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अर्थमन्त्री वाग्ले: बजेट सानो, जीडीपीको २८.५% मात्र

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट सानो र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन्। बजेट कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २८.५ प्रतिशत मात्र रहेको उनले बताए। हाल मुलुकको ऋण जीडीपीको ४३% हाराहारी छ।
Sunita Rai
Sunita Rai
31 May 2026, 3:32 pm १ मिनेट पढाइ
आकार:
Share:

अर्थमन्त्री वाग्ले: बजेट सानो, जीडीपीको २८.५% मात्र

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन्। बजेटपछिको पत्रकार सम्मेलनमा उनले बजेटलाई कुल ग्राहस्थ उत्पादन (जीडीपी) सँग तुलना गरेर हेर्नुपर्ने बताए।

उनले बजेट ठूलो आएको भन्ने हल्ला निराधार रहेको जिकिर गरे। ‘प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ,’ उनले भने।

विगतमा कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशतसम्म बजेट आएको स्मरण गर्दै यो पटक त्यो ट्रेन्डलाई तोडिएको उनले बताए।

अर्थमन्त्री वाग्लेले मुलुकको ऋण आकार हाल जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको जानकारी दिए। आगामी वर्षका लागि ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको छ।

उनका अनुसार हालसम्म मुलुकको कुल ऋण २९ खर्ब ७५ अर्ब पुगेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार