गृहमन्त्री सुधन गुरुङले बिहीबार माइतीघर मण्डलामा धर्नामा बसेका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्। सचिवालयका कर्मचारीसहित पुगेका उनले आन्दोलनरतहरूको गुनासो, समस्या र मागहरू सुनेका थिए।
गुरुङले आन्दोलनरतहरूको विवरण संकलन गरी माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। हाल माइतीघरमा जबरजस्ती करणीका पीडित र चुरे संरक्षण अभियन्ताहरू धर्नामा छन्।
