NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्। घाइते सबैको जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
Kamala Devi
Kamala Devi
11 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
धनुषा दुर्घटना
Share:

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान ६:२० बजे उपमेयर विद्या भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी र बिरामी बोकेको ना २ च २३२ नम्बरको एम्बुलेन्स ठोक्किएका छन्। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा एम्बुलेन्स चालक धनुषाको मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्रकुमार महतोसहित एम्बुलेन्समा सवार ५ जना र उपमेयरको गाडीमा सवार ३ जना घाइते भएका हुन्।

घाइते सबैको जानकी मेडिकल कलेज, रमदैया, धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे अनुसन्धान थालेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार