NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

६ लाख घुससहित अख्तियारको फन्दामा इलामका इन्जिनियर डिल्लीराज खड्का

इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्। पुलको रिडिजाइन र भुक्तानी सहजीकरणका लागि सेवाग्राहीसँग रकम मागेको आरोपमा उनलाई दमकबाट नियन्त्रणमा लिइएको छ।
Arjun Basnet
Arjun Basnet
15 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
इन्जिनियर घुस प्रकरण
Share:

इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। पुलको रिडिजाइन स्वीकृत गराइदिएको र ठेक्का भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

इन्जिनियर खड्काविरुद्ध उजुरी परेपछि अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोली इलाम पुगेको थियो। अनुसन्धानका क्रममा खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दमक नगरपालिका १ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। आयोगले यस विषयमा थप अनुसन्धान थालेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार