रौतहटको हनुमान मन्दिर नजिक सडकमा रगतले लतपतिएको शंकास्पद बोरा फेला परेको छ। गौर-पुरेनवा सडकखण्डमा सोमबार बिहान यो बोरा भेटिएको हो।
सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेको छ। प्रहरीले तत्काल सुरक्षा घेरा बनाएर अनुसन्धान थालेको छ।
बोराभित्र के छ भन्नेबारे प्रहरीले तत्काल खुलाएको छैन। कानुनी प्रक्रिया पूरा गरेर बोरा खोल्ने तयारी भइरहेको छ।
प्रहरीले घटनाको प्रकृति र कारणबारे अनुसन्धान गरिरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।
