साँझको ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुलीको माग पुगेको छ। कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट कुनै बिजुली आयात गरिएको छैन। प्राधिकरणले २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात गरिरहेको छ।
प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूको योगदान ४७ हजार ५६३ मेगावाट घण्टा छ। प्राधिकरणका सहायक कम्पनीहरूले १७ हजार १०८ मेगावाट घण्टा उपलब्ध गराएका छन्। प्राधिकरणकै आयोजनाबाट आठ हजार ९५९ मेगावाट घण्टा ऊर्जा उत्पादन भएको छ।
राष्ट्रिय ऊर्जा माग ५१ हजार ५२७ मेगावाट घण्टा छ। वर्षाका कारण देशभर विद्युत आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ। यद्यपि, कुनै समस्या उत्पन्न भएमा तत्काल मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयार छन्।
