सिरहाको गोलबजारस्थित एबी मलमा बिहीबार प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रदर्शन उग्र बनेपछि मलमा आगो लगाइएको थियो।
मधेश प्रदेशमा हिंसात्मक घटना बढेको छ। सिरहा, जनकपुर, सप्तरी लगायतका जिल्लामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन्। सिरहामा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।
सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा भएको आगजनीले जिल्लामा सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। यसअघि कर्फ्यूकै बीच गोली चलेको र गणेश यादवको मृत्यु भएको थियो। सम्भावित थप अप्रिय घटना रोक्न प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको छ।
