मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सिरहाको गोलबजारमा झडप: एकको मृत्यु, ११ मोटरसाइकलमा आगजनी

सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको छ। प्रदर्शनकारीले ११ मोटरसाइकलमा आगजनी गरेका छन्। घटना नियन्त्रणमा लिन गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
सिरहा झडप मृत्यु
Share:
१७०

सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले घटनाको पुष्टि गरेका छन्।

बिहीबार मध्याह्न गोलबजारमा भएको झडपमा परेर यादवको ज्यान गएको हो। सोही घटनामा अर्का एक जना घाइते भएका छन्। स्थिति अशान्त बनेपछि गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रदर्शनकारीले ग्यारेजबाट ११ वटा मोटरसाइकल निकालेर आगजनी गरेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार