मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मधेसी आयोगका दुई प्रतिवेदन राष्ट्रियसभामा पेश

मधेसी आयोगको आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिवेदन पेश गरेकी हुन्। संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिलाई बुझाइएको प्रतिवेदन प्रधानमन्त्रीले संसद्‌मा पेश गरेका हुन्।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
मधेसी आयोग प्रतिवेदन
Share:

काठमाडौं। मधेसी आयोगको आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शुक्रबार राष्ट्रियसभाको बैठकमा आयोगको प्रतिवेदन पेश गरेकी हुन्।

संवैधानिक आयोगले राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेश गर्ने संवैधानिक प्रावधान छ। यसरी पेश भएको प्रतिवेदनमाथि राष्ट्रियसभामा छलफल हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार