NM Khabar 8 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रहरीमा राजीनामा दर बढ्दो: अनिवार्य अवकाशभन्दा दोब्बरले छाडे संगठन

आर्थिक वर्ष २०८२/०८३ मा ६८१ प्रहरी अनिवार्य अवकाशमा गए। सोही अवधिमा १,२६४ प्रहरीले अवधि नपुग्दै राजीनामा दिए। ३० वर्षे सेवा अवधि, कार्यबोझ र वैदेशिक रोजगारीको आकर्षण मुख्य कारण हुन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
प्रहरी राजीनामा
Share:

नेपाल प्रहरीमा अनिवार्य अवकाशमा जानेको संख्याभन्दा दोब्बरले प्रहरीले अवधि नपुग्दै राजीनामा दिएर संगठन छाडेका छन्। आर्थिक वर्ष २०८२/०८३ मा ६८१ जना प्रहरी अनिवार्य अवकाशमा जाँदा १ हजार २६४ जनाले बिचमै राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको वार्षिक प्रगति विवरणले देखाउँछ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले ३० वर्षे सेवा अवधि, उमेरहद, कार्यबोझ र वैदेशिक रोजगारीको आकर्षणले तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी संगठन छाड्ने क्रम बढेको बताए। अनुभवी जनशक्ति यसरी बाहिरिँदा संगठनमा अनुभवको कमी हुनेछ। यसले नयाँ जनशक्ति भर्ना र तालिममा राज्यको लगानी खर्च हुने चुनौती थपिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार