हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन्। दिउँसो करिब २ बजेको समयमा यो घटना भएको हो।
बेपत्ता हुनेहरूमा खार्पुनाथ गाउँपालिका–१ लालिगाउँका रामचन्द्र रावलका १४ वर्षीय छोरा प्रशान्त रावल र बिर्ख शाहीकी १३ वर्षीया छोरी अनु शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार उनीहरू पौडी खेल्ने क्रममा नदीमा बगाइएका थिए।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरी बेपत्ता बालबालिकाहरूको खोजी कार्य सुरु गरिएको छ।
