NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुख्यमन्त्रीको व्यस्तताले कांग्रेस मधेस प्रदेश सभापति यादवले दिए कार्यवाहक जिम्मेवारी

• मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद यादवले उपसभापति चन्द्रेश्वर कुमार यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। • मुख्यमन्त्रीको व्यस्तताका कारण पार्टीको कामलाई निरन्तरता दिन यो निर्णय लिइएको हो।
Kamala Devi
Kamala Devi
21 August 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस मधेस प्रदेश कार्यवाहक
Share:

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद यादवले प्रदेश कार्यसमितिका उपसभापति चन्द्रेश्वर कुमार यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका छन् ।

मुख्यमन्त्रीका रूपमा व्यस्त हुनुपर्ने भएकाले पार्टीको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन उपसभापति यादवलाई यो जिम्मेवारी दिइएको कांग्रेस मधेसका प्रचार प्रसार समितिका संयोजक नितिशकुमार गुप्ताले जानकारी दिए ।

सभापति यादवले कांग्रेस विधान, २०७६ (११औँ संशोधनसहित) को धारा १३ को उपधारा १०(ड) बमोजिम यो जिम्मेवारी दिएका हुन् । यसबाट प्रदेश कार्यसमितिको काम–कारबाहीलाई निरन्तरता दिन र पार्टी सङ्गठनका नियमित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।

कार्यवाहकको जिम्मेवारीसँगै यादवले सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व गर्दै सङ्गठनात्मक गतिविधिलाई निरन्तरता दिनेछन् ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार