मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ब्राउनसुगर, हेरोइन र गाँजासहित १६ पक्राउ

देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषध बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागूऔषध सहित पक्राउ
Share:
१७०

काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट लागूऔषध बरामद गरेको छ।

काठमाडौंको कपन तेन्जिङचोकबाट करिब १ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिनय कुमार मण्डल, मनिष शाही र प्रदिप कुमार राई छन्।

मोरङको कानेपोखरीबाट ३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित बिबेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोडबाट १ सय ३० मिलिग्राम ब्राउनसुगरसहित बिबेक लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा गाउँपालिकाबाट ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। बिर्तामोडबाट १ ग्राम ३ सय ८० मिलिग्राम ब्राउनसुगरसहित अर्जुन राजवंशी पक्राउ परेका छन्।

झापा गाउँपालिकाबाटै १ ग्राम ८ मिलिग्राम ब्राउनसुगरसहित प्रभाष बास्के र फिलिप मर्डी पक्राउ परेका छन्।

धनुषाको सहिदनगरबाट २२ ग्राम ५ सय ८० मिलिग्राम खैरो हेरोइनसहित राजन यादव र बब्लु पासवान पक्राउ परेका छन्।

पर्साको पोखरियाबाट करिब ५ सय ग्राम गाँजासहित ६५ वर्षीय रामदयाल महरा पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट १ ग्राम ८ सय ४० मिलिग्राम खैरो हेरोइनसहित जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दनबाट नियन्त्रित लागूऔषध स्पास्मो ट्याब्लेट, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल विक र दिपेश विक छन्।

बाँकेको डुडुवा गाउँपालिकाबाट ९ सय मिलिग्राम ब्राउनसुगरसहित ओसिस खाँ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार