काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट लागूऔषध बरामद गरेको छ।
काठमाडौंको कपन तेन्जिङचोकबाट करिब १ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिनय कुमार मण्डल, मनिष शाही र प्रदिप कुमार राई छन्।
मोरङको कानेपोखरीबाट ३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित बिबेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोडबाट १ सय ३० मिलिग्राम ब्राउनसुगरसहित बिबेक लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा गाउँपालिकाबाट ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। बिर्तामोडबाट १ ग्राम ३ सय ८० मिलिग्राम ब्राउनसुगरसहित अर्जुन राजवंशी पक्राउ परेका छन्।
झापा गाउँपालिकाबाटै १ ग्राम ८ मिलिग्राम ब्राउनसुगरसहित प्रभाष बास्के र फिलिप मर्डी पक्राउ परेका छन्।
धनुषाको सहिदनगरबाट २२ ग्राम ५ सय ८० मिलिग्राम खैरो हेरोइनसहित राजन यादव र बब्लु पासवान पक्राउ परेका छन्।
पर्साको पोखरियाबाट करिब ५ सय ग्राम गाँजासहित ६५ वर्षीय रामदयाल महरा पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट १ ग्राम ८ सय ४० मिलिग्राम खैरो हेरोइनसहित जनक खड्का पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको पाल्हीनन्दनबाट नियन्त्रित लागूऔषध स्पास्मो ट्याब्लेट, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल विक र दिपेश विक छन्।
बाँकेको डुडुवा गाउँपालिकाबाट ९ सय मिलिग्राम ब्राउनसुगरसहित ओसिस खाँ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
