NM Khabar 3 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपा सचिवालय बैठक बस्दै: रसुवा बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा रसुवामा आएको बाढी, त्यसको उद्धार र राहतका विषयमा विस्तृत छलफल हुनेछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक सुदृढीकरणबारे पनि बैठकमा छलफल हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
रास्वपा सचिवालय बैठक
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकमा पार्टीका समसामयिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुनेछ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवामा आएको बाढी, त्यसको उद्धार र राहतका विषयमा विस्तृत छलफल हुनेछ। रास्वपाले रसुवा बाढीको सन्दर्भमा ठोस निर्णय लिने तयारी गरेको छ।

खरेलले बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणका विषयमा पनि छलफल हुने जानकारी दिए। आगामी कार्ययोजनाका विषयमा पनि बैठकमा विस्तृत छलफल हुने तय भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार