संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकको कार्यसूचीमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर समावेश छन्।
संघीय संसद् सचिवालयका अनुसार, सम्बन्धित मन्त्रीहरूले यी प्रश्नहरूको जवाफ दिनेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकहरू पनि बस्दैछन्।
