NM Khabar 18 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्वास्थ्य प्रशासक सापकोटा र श्रीमतीविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

• स्वास्थ्य सेवा विभागका वरिष्ठ प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमतीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। • सापकोटाले २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोग छ। • श्रीमतीको नाममा समेत गैरकानुनी सम्पत्ति खरिद गरेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको छ।
Arjun Basnet
Arjun Basnet
18 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा
Share:

स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

सापकोटाले २०५३ साउन २५ देखि २०८० वैशाख ३० सम्मको अवधिमा ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेका थिए। तर, सोही अवधिमा उनले ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च गरेको अनुसन्धानले देखाएको छ।

आयोगका अनुसार सापकोटाको २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्तिको स्रोत खुलेको छैन। यही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार उनीविरुद्ध कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

अख्तियारले सापकोटाले सार्वजनिक पद दुरुपयोग गरी अस्वाभाविक जीवनयापन गरेको र झुट्टा सम्पत्ति विवरण पेस गरेको दाबी गरेको छ।

अनुसन्धानमा स्रोत नखुलेको सम्पत्तिबाट श्रीमती निरजा पण्डितको नाममा समेत घरजग्गा खरिद गरेको पाइएको छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई प्रतिवादी बनाइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार