रसुवाका बाढीपीडितलाई विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ नेपाल) बाट प्राप्त १ करोड ५० लाख रुपैयाँ राहत रकम हस्तान्तरण भएको छ। कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीको हैसियतमा उक्त रकम कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबाट बुझेका हुन्।
यो रकम रसुवाका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि खर्च गरिनेछ। यसका साथै, आगामी सिजनका लागि रासायनिक मलको आपूर्ति र वितरणमा जोड दिइएको छ। बाली लगाउने समयमा किसानले मल अभाव झेल्नु नपरोस् भनी समयमै मल भित्र्याउन दुवै मन्त्रीबीच सहमति जुटेको छ।
कार्यवाहक प्रधानमन्त्री वाग्लेले किसानसम्म मलको सहज पहुँच सुनिश्चित गर्न बजेट व्यवस्थापनमा कुनै कमी नहुने प्रतिबद्धता जनाए। यसैबीच, वाग्लेले कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनसँग भेटवार्ता गरेकी थिइन्। उनीहरूबीच बाढीपछिको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणबारे छलफल भएको थियो।
बोल्डिनले बाढी तथा विपद्मा बेपत्ता अमेरिकी नागरिकको खोजी जारी राख्ने प्रतिबद्धता जनाइन्। उनले नेपालमा अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधारको प्रशंसा गर्दै लगानी र व्यवसाय सुदृढ पार्ने विषयमा पनि छलफल गरेकी छन्।
