‘समग्र थरुहट-मधेश जोड्ने अभियान’ अन्तर्गत ‘हुंकार मधेश’ले २१ विभागीय प्रमुख तोक्दै उनीहरूलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र कार्यसूची (१०० दिने कार्यक्रम) पेस गर्न निर्देशन दिएको छ।
केन्द्रीय प्रवक्ता केशव कुमारद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत असोज ९ गते बसेको केन्द्रीय अभियान्ताको बैठकबाट प्राप्त म्यान्डेट र अभियान्ताहरूसँगको संवादका आधारमा पहिलो चरणमा यी २१ वटा विभागका संयोजक चयन भएका हुन्।
तोकिएका प्रमुख र उनीहरूको जिम्मेवारी
अभियानले तोकेका विभाग र तिनका संयोजकहरू यस प्रकार छन्:
- संवाद तथा समन्वय विभाग: रामकुमार कश्यप
- प्रचारप्रसार तथा प्रकाशन विभाग: केशव कुमार
- संगठन विभाग: कौशलेन्द्र कौशल
- कानून तथा न्याय विभाग: रत्लेश्वर समातनी
- आईटी तथा कार्यमूल्यांकन विभाग: रोशन कुमार
- बौद्धिक तथा पेशाकर्मी विभाग: डा. एन. एन. भारद्वाज
- आर्थिक विभाग: सचिदानन्द यादव
- अनुशासन विभाग: राजाराम मधेशी
- प्रशिक्षण तथा नीति अनुसन्धान विभाग: मनोहर मानव
- सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग: कृष्ण कुमार
- स्वयंसेवी सुरक्षा दस्ता विभाग: उमेश सिंह
- युवा तथा विद्यार्थी विभाग: पंकज आनन्द
- वैदेशिक रोजगार विभाग: मनिष कुमार
- सूचना तथा सञ्चार विभाग: पुष्पा प्रिया
- संघीय मामिला विभाग: मधुमाया यादव
- शिक्षा तथा संस्कृति विभाग: इन्द्रजित साफी
- उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग: सन्दीप त्रिपाठी
- नागरिकता तथा भूमिहीन समस्या समाधान विभाग: अंगद यादव
- कृषि विकास तथा अनुसन्धान विभाग: राम किशुन नायक
- विज्ञान तथा प्रविधि विभाग: विजय महासेठ
- सहिद तथा घाइते व्यवस्थापन विभाग: मो. युसुफ साफी
मनोनित विभागीय प्रमुखहरूले अबको सात दिनभित्र आ-आफ्नो विभागको कार्ययोजना, कार्यविधि र कार्यसूची (१०० दिने कार्यक्रम) प्रस्तुत गर्नुपर्नेछ।
