NM KHABAR
मधेश

वीरगञ्जमा आक्रमण: २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको मृत्यु

वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको ज्यान गएको छ। उनी बिदामा घर आएका थिए।
NM Khabar 12 April 2026, 10:30 pm १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
    मुख्य कुराहरू:

  • वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न आक्रमण भएको छ।
  • आक्रमणमा परी २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको ज्यान गएको छ।
  • मृतक चौरसिया सप्तरी दरबन्दीका प्रहरी जवान थिए र बिदामा घर आएका थिए।
  • घटना २९ चैतमा भएको हो।

वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ।

मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्।

सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत चौरसिया हाल बिदामा घर आएका थिए।

पर्सा प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

NM Khabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार