नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को १९ खेलपछि विराटनगर किंग्सका लोकेश बम १९४ रनसहित सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ इनिङ्समा यो स्कोर बनाएका हुन्। बलिङतर्फ चितवन राइनोजका रिजन ढकालले सर्वाधिक १० विकेट लिएर शीर्ष स्थानमा छन्।
लोकेश बमले एक इनिङ्समा सर्वाधिक ८७ रन बनाएका छन्। उनीपछि चितवन राइनोजका रवि बोपाराले १७१ रन र विराटनगर किंग्सकै आन्द्रे रसेलले १४४ रन जोडेका छन्। सर्वाधिक छक्का प्रहारमा पनि लोकेश बम नै १६ छक्कासहित अगाडि छन्।
उच्च व्यक्तिगत स्कोर र बलिङ प्रदर्शन
पोखरा एभेन्जर्सका युवराज समराले ४८ बलमा १०२ रन बनाउँदै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान राखेका छन्। उनले २३ बलमा अर्धशतक प्रहार गरी सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको रूपमा पनि नाम लेखाएका छन्।
बलिङतर्फ रिजन ढकालले १२ ओभरमा ८१ रन खर्चिएर १० विकेट लिएका छन्। चितवन राइनोजकै कमल ऐरी ९ विकेटसहित दोस्रो स्थानमा छन्। उत्कृष्ट बलिङ प्रदर्शनमा काठमाडौं गुर्खाजका जहान्दाद खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएका छन्।
टिम स्कोरतर्फ पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २० ओभरमा २१७/३ रन बनाउँदै सर्वाधिक टिम स्कोरको रेकर्ड राखेको छ। समग्रमा यस सिजनमा हालसम्म २५१ छक्का, ३४१ चौका, १६ अर्धशतक र १ शतक प्रहार भएका छन्।