मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सिन्धुलीमा माइक्रो दुर्घटना: जनकपुरबाट काठमाडौं आउँदै गरेका १४ यात्रु घाइते, अधिकांश धनुषाका

जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस मंगलबार दिउँसो सिन्धुलीको पलासेमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चालकसहित ५ जना धनुषाका हुन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
जनकपुर माइक्रो दुर्घटना
Share:

मंगलबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चालकसहित ५ जना धनुषा जिल्लाका रहेका छन्।

म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसमा सवार सबै यात्रु घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ। प्रहरीका अनुसार, ९ जना घाइतेको विवरण खुलिसकेको छ भने अन्य ५ जनाको विवरण खुल्न बाँकी छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

घाइतेहरूको विवरण

  • चालक दीपक कुमार दास, धनुषा, शहीदनगर नगरपालिका–०८
  • रानी कुमारी मण्डल, १७ वर्षीया, धनुषा, शहीदनगर नगरपालिका–०७
  • पियुष गोहित, १४ वर्षीय, धनुषा, शहीदनगर नगरपालिका–०२
  • आयुष गोहित, १५ वर्षीय, धनुषा, शहीदनगर नगरपालिका–०२
  • रुबी गोहित, १२ वर्षीया, धनुषा, शहीदनगर नगरपालिका–०२
  • प्रियाङ्का साह, ३६ वर्षीया, ललितपुर, भैँसेपाटी
  • जेनी साह, १६ वर्षीया, प्रियाङ्का साहकी छोरी
  • सफलता साह, ११ वर्षीया, प्रियाङ्का साहकी छोरी
  • ओमी साह, ३ वर्षीया, प्रियाङ्का साहकी छोरी
विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार