झापाको गौरादहमा बस-टिपर ठोक्कियो, १० घाइते; एकको अवस्था गम्भीर।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले दुर्घटना पुष्टि गरे। दमकबाट चप्रामारीतर्फको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फको प्र-न-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा ठोक्किए।
दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित १० जना घाइते भए। घाइते हुनेहरूमा योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री छन्। सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का पनि घाइते भएका छन्।
घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ। अन्य घाइतेको उपचार नगर अस्पताल गौरादहमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुई जना घाइतेको अवस्था मध्यम र बाँकीको सामान्य छ। प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
