उदयपुरको कटारी–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण अवरुद्ध भएको छ।
वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीले राजमार्ग अवरुद्ध पारेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यसको पुष्टि गरे।
यसैबीच, काभ्रेपलान्चोकको सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बीपी राजमार्गमा सवारी रोकिएको छ।
प्रहरीका अनुसार, सम्भावित बाढीलाई मध्यनजर गर्दै वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिएको हो। अर्को आदेश नभएसम्म यो नियम लागू रहनेछ।
