सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
चालु सदनको यस अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत गरिनेछ।
