सर्वोच्च अदालतले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गुप्तासँग ५० लाख धरौटी माग्यो। धरौटीका लागि नगद, बैंक ग्यारेन्टी वा जेथा जमानतको विकल्प दिइएको छ।
मङ्गलबार आदेश भए पनि बुधबार निवेदक पक्षलाई धरौटीबारे जानकारी गराइयो।
विशेष अदालतले २०८२ पुस १७ मा गुप्तालाई थुनामा राख्न आदेश दिएको थियो। उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए।
सर्वोच्चले पूर्वमन्त्री रन्जिता श्रेष्ठको हकमा विशेष अदालतको आदेश सदर गर्यो। विशेष अदालतले २०८२ फागुन १० मा सो आदेश गरेको थियो।
