चाडपर्वका लागि २८ हजार बढी सशस्त्र प्रहरी परिचालन, सीमामा ड्रोनबाट निगरानी
सशस्त्र प्रहरी बल, नेपालले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गर्दै देशभर २८ हजार १ सय २६ सशस्त्र प्रहरी परिचालन गरेको छ। सीमा क्षेत्रमा ड्रोनबाट निगरानी बढाइएको छ।
