मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

६ लाख घुससहित अख्तियारको फन्दामा इलामका इन्जिनियर डिल्लीराज खड्का

इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्। पुलको रिडिजाइन र भुक्तानी सहजीकरणका लागि सेवाग्राहीसँग रकम मागेको आरोपमा उनलाई दमकबाट नियन्त्रणमा लिइएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
इन्जिनियर घुस प्रकरण
Share:
१६२

इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। पुलको रिडिजाइन स्वीकृत गराइदिएको र ठेक्का भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

इन्जिनियर खड्काविरुद्ध उजुरी परेपछि अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोली इलाम पुगेको थियो। अनुसन्धानका क्रममा खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दमक नगरपालिका १ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। आयोगले यस विषयमा थप अनुसन्धान थालेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार