NM Khabar 15 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी मन्त्रिपरिषद्द्वारा बाढीपीडितलाई ७ दिनको तलब सहयोग गर्ने निर्णय

कोशी प्रदेश सरकारले भोटेकोशी बाढीपीडितलाई मन्त्री र सचिवालयका कर्मचारीको ७ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश सचिव दिवस आचार्य र आशमान तामाङको जिम्मेवारी हेरफेर गरिएको छ। कोशी प्रदेश निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश बाढीपीडित
Share:

कोशी प्रदेश सरकारका मन्त्रीहरू र उनीहरूका सचिवालयका कर्मचारीले आफ्नो सात दिनको पारिश्रमिक भोटेकोशी बाढीपीडितलाई उपलब्ध गराउने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्‌मा परेका नागरिकको राहतका लागि यस्तो निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले बाढी प्रभावितहरूको मानवीय सहायताका लागि मन्त्रिपरिषद् सदस्य र सचिवालयका कर्मचारीहरूको एक साताको तलब सहयोग गर्ने निर्णय भएको बताए।

यसैगरी, मन्त्रिपरिषद् बैठकले दुई प्रदेश सचिवहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आशमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाउने निर्णय भएको छ।

बैठकले कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका सबै मन्त्रालयहरूलाई लेखी पठाउने निर्णयसमेत गरेको छ।

साथै, प्रदेशको व्यापार प्रवर्द्धनका लागि गठित कोशी प्रदेश निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार