मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मनाङका नायव सुब्बा घुससहित अख्तियारको फन्दामा

भूमि प्रशासन कार्यालय मनाङका नायव सुब्बा ज्ञानराज कण्डेल घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग जग्गा रोक्का सहजीकरणका लागि ४० हजार घुस लिएको आरोप छ। अख्तियारले नगदसहित थप स्रोत नखुलेको रकम पनि बरामद गरेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नायव सुब्बा घुस
Share:
१८१

भूमि प्रशासन कार्यालय, मनाङका नायव सुब्बा ज्ञानराज कण्डेल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग जग्गा रोक्कामा सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचनामा अख्तियारको पोखराबाट खटिएको टोलीले कण्डेललाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए। पक्राउका क्रममा उक्त रकमसँगै स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद भएको छ।

यस घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार