NM Khabar 6 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध उजुरी आह्वान

सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ। समितिले स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 May 2026, 8:31 am १ मिनेट पढाइ
आकार:
Share:

सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।

समितिले शनिबार प्रकाशित गरेको सूचनामा डा. शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने कुनै पनि व्यक्तिलाई स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी पेश गर्न आग्रह गरिएको छ। उजुरी शिष्ट र मर्यादित भाषामा हुनुपर्ने उल्लेख छ।

नागरिकहरूले संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्नेछन्। उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र फोन नम्बर खुलाउनुपर्ने भए पनि, उनीहरूले चाहेमा नाम गोप्य राखिने व्यवस्था गरिएको छ।

समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरी तोकिएको समयभित्र सचिवालयमा पठाइदिन पनि अनुरोध गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार