NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक आज १ बजे, नीति तथा कार्यक्रममाथि छलफल

सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा दुई विधेयक पनि पेस गरिनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

चालु सदनको यस अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत गरिनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार