मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

परराष्ट्रमन्त्री खनाल भारतबाट फर्किए, सीमा समस्या कूटनीतिक समाधानको सन्देशसहित

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। स्वदेश फर्किएपछि खनालले सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्ने सन्देश लिएर फर्किएको बताए।
Bikram Magar
१ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री भारत भ्रमण
Share:
२०३

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्। शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री खनाल आइतबार काठमाडौं आइपुगेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।

शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको औपचारिक वार्तामा नेपाल–भारत द्विपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।

यस भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता हुन सकेन। प्रधानमन्त्री मोदीको कार्यव्यस्तताका कारण समय नजुरेको स्रोतले जानकारी दिएको छ।

स्वदेश फर्किएपछि मन्त्री खनालले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरूले काम थालेको बताए। उनले सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्ने सन्देश लिएर फर्किएको बताए।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार