NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनमत पार्टीका सप्तरी कोषाध्यक्ष पक्राउ: बलात्कार र ठगीको आरोप

• जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी बलात्कार र ठगी आरोपमा पक्राउ। • जिल्ला प्रहरी कार्यालय सप्तरीले जाहेरीका आधारमा अनुसन्धान सुरु गरेको छ। • अधिकारी केही दिन फरार रहेपछि मंगलबार पक्राउ परेका हुन्।
NM Khabar
NM Khabar
8 July 2026, 5:15 pm १ मिनेट पढाइ
आकार:
जनमत पार्टी कोषाध्यक्ष पक्राउ
Share:

जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई प्रहरीले जबरजस्ती करणी र ठगीको आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएको र त्यसैका आधारमा पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार थिए।

खोजतलासका क्रममा प्रहरीले मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको थियो।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार