NM Khabar 31 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देवानगञ्ज घटना: दुई युवाको मृत्युपछि शव बुझ्न परिवार तयार, पोस्टमार्टम सुरु

सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको विवादमा गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारले शव बुझ्न सहमति जनाएको छ। गृहमन्त्रीको आश्वासनपछि परिवार सहमत भएको हो। पोस्टमार्टमपछि आजै अन्त्येष्टि गर्ने तयारी छ।
Kamala Devi
Kamala Devi
31 July 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
देवानगञ्ज घटना शव
Share:

सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको विवादमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारले शव बुझ्न सहमति जनाएको छ। परिवारको सहमतिपछि दुवै मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याइएको छ।

गृहमन्त्री बालकृष्ण खाणसँग बिहीबार राति भएको औपचारिक सहमतिपछि पनि परिवारले शव बुझ्न आनाकानी गरेका थिए। सुनसरी प्रहरीले परिवारका सदस्यहरूसँग भेटघाट गरी शव बुझ्ने वातावरण तयार पारेको हो।

पोस्टमार्टमपछि आजै मृतकहरूको अन्त्येष्टि गरिने बताइएको छ। यसअघि, परिवारले सहमतिपत्रमा हस्ताक्षर गर्दा दबाब महसुस भएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएको भन्दै शव बुझ्न नमानेपछि घटनामा अन्योलता छाएको थियो।

गत आइतबार राति देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागि स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो। गोली लागि घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो। दुवै मृतकको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार