अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। मंगलबार दायर मुद्दामा साहले पदीय मर्यादाविपरीत करिब ४ करोड रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको उल्लेख छ।
आयोगले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदमा अस्थायी रुपमा काम गर्दादेखि नै गैरकानुनी सम्पत्ति आर्जन सुरु गरेको आयोगको ठहर छ।
